प्रधानमन्त्री दैवी उद्धार कोषमा १ अर्ब ७४ करोड सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३० गतेसम्म १ अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त भएको छ ।

गत असोज २३ गतेसम्म १ अर्ब ७३ करोड ६ लाख ३२ हजार सहयोग प्राप्त भएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार गत असोज ३० गते साल्ट टे«डिङ कर्पोरेशनबाट ६० लाख, नन रेसिडेन्ट नेपाली एशोसिएशनबाट १० लाख, नेपाल प्रहरी श्रीमती संघबाट ५ लाख ५५ हजार ५५, विद्युत उत्पादन कम्पनीबाट ९ लाख ९६ हजार सात सय ४५ तथा राष्ट्रिय समाचार समिति (रासस) बाट ३ लाख २६ हजार ३८ सहयोग प्राप्त भएको थियो ।

त्यस्तै, सोही दिन स्वर्ग पवित्रा सत्य सुन्दर समाजबाट ३ लाख, सिमोनबाट १ लाख ९३ हजार, सोनापुर टोल विकास संस्थाबाट १३ हजार तीन सय १५ सहयोग प्राप्त भएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स