लक्ष्मी सनराइजले पनि घटायो ब्याजदर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएको छ ।

बैंकले कात्तिक महिनामा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

अघिल्लो असोज महिनामा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर ताकेको थियो ।

महिनाको लागि ११ बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स