सिटिजन्सको ‘भर्चुअल क्रेडिट कार्ड’, खातामा पैसा नहुँदा पनि हुन्छ मोबाइल बैंकिङ

काठमाडौं । अबको समय प्रविधिको प्रयोग नै हो । पछिल्लो समय विश्वव्यापी रुपमा त्यहि भनिन थालिएको नै छ । प्रविधिको प्रयोग गरेर जीवनशैलीलाई सहज बनाउन मुख्य दुई तत्वको भूमिका रहन्छ । एक हो, प्रविधिमूलक सेवाप्रदायक र अर्को सेवाग्राही ।

उपभोक्ताको चाहना जस्तो सेवादिन सक्ने सेवा प्रदायक संस्था पनि हुनुपर्यो भने सेवा लिएर जीवनशैली सहज बनाउने सोवाग्राही पनि । यी दुईको तादम्यता मिलेमा जीवनशैलीलाई सहजीकरणको बाटोमा लान सकिन्छ ।

यो विषयको प्रयायी बनेर आएको छ, सिटिजन्स बैंकको ‘भर्चुअल क्रेडिट कार्ड’ । नेपालमै पहिलो पटक प्रयोगमा सिटिजन्स बैंकले भर्चुअल क्रेडिट कार्ड ल्याएको हो । र यो प्रयोगमा ल्याउने वित्तिकै लोकप्रिय समेत बन्न पुगेको छ ।

बैंकका क्रेडिट कार्ड युनिट हेड समीर अधिकारी भन्छन्, ‘अनलाइन भुक्तानी धेरै हुन थालेको कारणले गर्दा अनलाइन कन्सेप्टमै भर्चुअल क्रेडिट कार्ड प्रयोगमा ल्याइएको हो । ’

क्यूआर स्क्यान, फोन पे जस्ता प्रणालीमा प्रयोग गर्न सकिने गरि भर्चुअल क्रेडिट कार्ड प्रयोगमा आएको हो । सिटिजन्स बैंकले नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डको लागि तोकेको आवश्यक पर्ने डाइडलाइन अनुसारकै नै प्रक्रिया अपनाएरै भर्चुअलकार्ड वितरण गरिरहेको छ ।

बैंकले प्रयोगमा मात्रै सहजीकरण र प्रविधिमैत्री गरेको हो । भौतिक क्रेडिट कार्डको प्रयोगकर्ता नेपालमा धेरै छैनन् । त्यसमा आकर्षित हुनेहरु निकै कम छन् ।

सिटिजन्स बैंकले भने प्रविधि र पछिल्लो ट्रेण्डलाई आत्मसाथ गर्दै भर्चुअल क्रेडिट कार्ड संचालन गरेको छ ।

युनिट हेड समीर अधिकारी भन्छन्, ‘डेविड कार्ड भनेको आफूसँग भएको पैसा खर्च गर्ने माध्यम हो । त्यस्तै क्रोडिट कार्ड भनेको नभएको पैसा पनि खर्च गर्ने हो ।’ त्यस सुविधा अनुसार नै तर भर्चुअल माध्यमबाट भुक्तानी प्रदान गर्न सकिने व्यवस्था मात्रै भएको उनको भनाइ छ ।

यो कार्ड ग्राहकको मोबाइल बैंकिङमा आवद्ध गरेर संचालनमा ल्याइएको छ । सिटिजन्स भर्चुअल कार्ड ग्राहकको मोवाइल बैकिङको फिचरमा समावेश छ । अधिकारीका अनुसार यसको लागि सबै प्रक्रिया पनि अन्य क्रेडिट कार्ड लिदा सरह अनिवार्य नै गर्नुपर्छ ।

उनी भन्छन,‘ जसरी भौतिक क्रेडिट कार्ड लिन योग्यता चाहिन्छ र प्रक्रिया अपनाउनुपर्छ त्यसरी नै गर्ने हो । मात्र फरक त्यसमा भौतिक कार्ड उपलब्ध हुन्छ । यो मोबाइल बैंकसँग समावेश रहन्छ ।’

तलव खाता रहेका, ऋण लिइसकेकका र फिक्स्ड डिपोजिट भएका भर्चुअल कार्ड लिन सक्ने छन् । ग्राहकले सिटिजन्स बैंकको मोबाइल बैंकिङमा भर्चुअल कार्डमा गएर एप्लाइ नाउ थिचेर रजिष्टर गरी भर्चुअल क्रेडिड कार्डको सेवा लिन बैंकले बताएको छ ।

बैंकको अनुसार आवेदन दिएको २ दिनभित्र ग्राहकको मोबाइल बैंकिङ फिचरमा भर्चुअल कार्ड अप्सन आउँछ । अप्सनमा गएर ग्राहकले अप्लाइन नाउ मा गइ ट्रम एण्ड कन्डिसन फलो गरी रजिष्टर गरे पछि सेवा सुचारु गर्न सकिन्छ ।

त्यसमा रेर लिमिट एप्प्रुप देखाउँछ र एप्प्रुप भइसकेपछि बैंकले मोबाइल बैंकिङमा कार्ड समावेश गराइदिन्छ । त्यसपछि खातामा पैसा नभएको खण्डमा समेत क्रेडिट कार्डको माध्यमबाट इच्छा अनुसार भुक्तानी गर्न सकिन्छ ।

यसको अर्को महत्वपूर्ण विषय भनेको भर्चुअल कार्डमा मोबाइलबाट स्टेटमेन्ट हेर्न सकिन्छ । कति बाँकी रहेको छ । भन्ने त्यहा नै स्पष्ट गर्न सकिनछ । यसको भुक्तानी अवधि भने बैंकले ४५ दिनको राखेको छ ।

मासिक आम्दानीको विवरण बैंकले लिमिट सेट गरेको हुन्छ । मासिक आम्दानीको डेढ गुणासम्म लिमिट हुने बैंकले जनाएको छ । ५० हजार रुपैयाँ छ भने उसले ७५ हजार रुपैयाँको लिमिट पाउने व्यवस्था गरिएको छ ।

सिटिजन्स बैंकले भर्चुअल क्रेडिट कार्डका लागि सदस्यता शुल्क ५०० रुपैयाँ कायम राखेको छ । साथै वार्षिक नवीकरण शुल्क ५०० रुपैयाँ लाग्ने छ ।

भर्चुअल कार्ड फोनपेको क्यूआर भएको जुनसुकै ठाँउमा प्रयोग गर्न सकिने व्यवस्था छ । यसरी प्रयोगमा आएको छोटो समयमै लाकप्रिय बन्न थालेको भर्चुअल क्रोडिट कार्डको आवेदन समेत धेरै आउने गरेको अधिकारी बताउँछन् ।
त्यस्तै प्रयोगकर्ताको प्रतिक्रिया समेत राम्रो आइरहेको छ ।

सिटिजन्स भर्चुअल कार्ड प्रयोगकर्ता प्रशान्तबहादुर शाहका अनुसार यो निकै नै राम्रो प्रविधि मैत्री रहेको छ । जसले प्रयोगकर्तालाई सहज बनाएको छ ।

उनीभन्छन्, ‘म आफु भौतिक क्रेडिटकार्ड समेत प्रयोग गरिसकेको व्यक्ति हुँ । त्यो सबै ठाउँमा प्रयोग गर्न सकिदैन । ठूला मल, कार्ड स्वाप गर्ने ठाउँहरुमा मात्रै प्रयोग गर्न सकिने हो । र क्यूआरकोड फोन पे अहिले जहाँ त्यहि छ त्यसको सबै भुक्तानी यसबाट गर्न सकिने सकिन्छ ।’

यो मोवाइल बैकिङबाट भुक्तानी गर्न सकिने भएकोले यसको धेरै फाइदा भएको छ । पछिल्लो सयम हरेक ठाउँमा भुक्तानीको माध्यम भनेको नै फोन पेर र क्यूआर भैसकेको छ । त्यसमा क्रेडिटकार्ड पनि त्यसमै चलेपछि त निकै सहजीकरण भएको उनी सुनाउँछन् ।

उनी थप्छन् ,‘ म सिटिजन्स भर्चुअल क्रेडिटकार्ड चलाउन पाउँदा निकै सन्तुष्ट र खुशीछु ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स