प्रभु समूहद्वारा प्रधानमन्त्री दैवी कोषमा एक करोड ७५ लाख रुपैयाँ सहयोग प्रदान

काठमाडौं । प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ ।

प्रभु समूह अन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त रकम सहयोग स्वरूप प्रदान गरेको हो ।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज एक करोड ७५ लाख रुपैयाँ रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्स्थापना गराउन र बिग्रिएका भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समूहले लिएको छ ।

प्रभु समुह अन्र्तगतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समुहले गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स