होण्डाको चाडपर्व योजना अन्तर्गत चार जनाले जिते १ लाख नगद पुरस्कार

काठमाडौं । होण्डा नेपालले हाल चलिरहेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ को विजेताको नाम घोषणा गरेको छ ।

कम्पनीले यस योजना अन्तर्गत जनही १ लाख नगद पुरस्कार जित्ने चार भाग्यशाली ग्राहकहरूको नाम घोषणा गरेको हो ।

दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको कम्पनीको भनाइ छ ।

यस योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा १० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउने छन् । विजेताहरूलाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो। विजेताहरूको नाम यस प्रकार छ स्

१. निश्चल घर्ती
डिलर : तिरुमाला मोटर्स
डिलरको ठेगाना : एकान्तकुना

२. प्रतिमा भण्डारी
डिलर : युनाइटेड मोटर्स प्रा. लि.
डिलरको ठेगाना : भरतपुर, चितवन

३. सन्तोष सुवेदी
डिलर : आस्था ट्रेडर्स
डिलरको ठेगाना : वालिङ

४. शान्ति साउद
डिलर : के.डी. अटोमोबाइल्स
डिलरको ठेगाना : महेन्द्रनगर

यो योजना होण्डा इजी फाईनान्समा पनि उपलब्ध छ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स