बाढी पहिरो पीडितका लागि होटल संघ नेपालले राहत सहयोग उपलब्ध गराउने

काठमाडौं । होटल संघ नेपालले बाढी पहिरो पीडितहरुलाई राहत उपलब्ध गराउने भएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै हालै भएको लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लार्गि राहत उपलब्ध गराउने जनाएको हो ।

होटल संघ नेपालले बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरुलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको छ ।

उक्त कोषमा जम्मा भएको रकम यथाशीघ्र नेपाल सरकारमार्फत बुझाईने संघले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै, संघले बाढी पहिरोबाट मृत्यु भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स