काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
काठमाडौंका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०र ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।
प्रसाईंलाई असोज ६ गते प्रहरीले उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।