काठमाडौं । भाटभटेनी सुपर मार्केटका संचालक मिन बहादुर गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार ११ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
प्रधामन्त्री केपी शर्मा ओली अमेरिकबाट फर्किए लगतै मिन बहादुरका दम्पतीले प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री कैपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि ज्ञ करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भएको लेखेका छन् । उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ । मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद !!’