नेपाल–भारत व्यापार प्रवर्द्धनमा नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र इटालियन महावाणिज्यदूतबीच छलफल

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले काठमाडौंमा कोलकाताका इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग द्विपक्षीय बैठक सम्पन्न गरेको छ ।

बैठकमा इन्डस्ट्रीका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ महावाणिज्यदूत प्रतिमा पाण्डे पनि उपस्थित थिए ।

बैठकमा नेपाल र भारतबीच व्यापार वृद्धि गर्न विशेष गरी उत्पादन, कृषि, पर्यटन र प्रविधि जस्ता क्षेत्रमा जोड दिए । इन्डस्ट्री बोर्ड र महावाणिज्यदूतले आगामी व्यापार मेलाहरू र व्यावसायिक भेटघाटहरूको योजना पनि छलफल गरे जसले दुई देशबीचको व्यापारिक सहकार्य र लगानी प्रवर्द्धन गर्न मद्दत पु¥याउनेछ।

दुवै पक्षले नेपाल, भारत, र इटालीबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन र व्यापारिक वृद्धि प्रबर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स