किशनलाल दुगड ‘जैन समाज रत्न’पुरस्कारबाट सम्मानित

काठमाडौं । के.एल. दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगड ‘जैन समाज रत्न’ पुरस्कारबाट सम्मानित भएका छन् । भारत जैन महामण्डलले भारतको मुम्बईमा २२ सेप्टेम्बर २०२४ का दिन भव्य कार्यक्रमको आयोजना गरी दुगडलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।

यो सम्मान भारतको लोकसभाका सम्माननीय सभामुख ओम बिरलाले प्रदान गरेका थिए । यस किसिमको सम्मान प्राप्त गर्ने दुगड पहिलो र एक मात्र नेपाली व्यक्तित्व हुन् । कार्यक्रममा सम्माननीय सभामुख, प्रधानन्यायाधीश धनन्जय चन्द्रचुड लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

जैन समाज रत्न पुरस्कार समाजको उत्थान, विशेष गरी जैन समुदाय भित्र सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरूलाई दिइन्छ ।

सन् १८९९ मा स्थापना भएको भारत जैन महामण्डलले जैन समुदायलाई सामाजिक सेवाका लागि एकजुट गर्ने लक्ष्य राखेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स