पेट्रोलियम पदार्थको मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार साँझ एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गरेको हो ।

‘वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासंघविच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ’, महासचिव बानियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । महासंघले चाडपर्वको सेरोफेरोमा डिजेलमा १०४ बाट १५ बढाएर ११९ रूपैयाँ पु¥याएकाले ट्रक व्यवसायले पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको छ । महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स