नेपाल टेलिकमको दशैं अफर-२०८१ सार्वजनिक, यस्ता छन् सुविधाहरु

काठमाडौं । नेपाल टेलिकमले दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा ग्राहकहरूका लागि दशैं अफर-२०८१ ल्याएको छ ।

उक्त अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू असोज १३ गतेदेखि प्रारम्भ भई आगामी कात्तिक २३ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ ।

यस अफर अन्तर्गत साबिकका एफटीटीएचका प्याकेजहरूमा साबिककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा र कम्बो प्याकेजहरूमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ ।

साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क ५००रुपैयाँ मिनाहा समेत गरिएको छ ।यसैगरी, दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधासहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

साथै, २५० मा १ हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको १ हजार मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा १ हजार अन नेट एसएमएस सुविधाको १ हजार अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ ।

यी सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको कम्पनीले बताएको छ ।

आगामी कात्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स