एनसेलले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराउने

काठमाडौं । एनसेलले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराउने भएको छ ।

देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको यस कठिनाइ घडी र व्यापक क्षतिप्रति आफन्तजनसँग सम्पर्कमा रहिरहन एनसेलले निःशुल्क डेटा उपलब्ध गराउने भएको हो ।

भारी वर्षाका कारण सृजना भएको यस कठिन परिस्थितिलाई ध्यानमा राख्दै, एनसेलले शनिबार (असोज १२, २०८१) बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइसकेको छ ।

निःशुल्क डेटा उपलब्ध गराउनुका साथै, कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने जनाएको छ । नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरुसँग समन्वय र सहकार्य गरिरहेको जनाएको छ ।

साथै, एनसेल परिवारले बाढी र पहिरोबाट प्रभावित सबैमा सहानुभूति व्यक्त गरेको छ । एनसेलले राहत तथा पुर्नउस्थान कार्यका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध समेत जनाएको छ ।

हाल एनसेलले देशभरका १ करोड ३० लाख भन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स