काठमाडौं । नेपाल चीन नाका जोड्ने अरनिकोको राजमार्गका पुलहरुमा बाढीले क्षति पुर्याएको छ । बाढीले क्षति पुर्याउँदा चीनको तातोपानी नाका जाने बाटो नेपालतर्फबाट अवरुद्ध भएको छ ।
पुल भत्किएपछि दशैं लक्षित आयात गर्न गरिएको सामान बोकेका कन्टेनरहरु नाका मै अड्किएका छन ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ तातोपानीको लार्चाको बेली ब्रिज बगाएको छ । यस्तै १० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज पनि बगाएको छ । तातोपानी नाका जाने लिपिङको पुल पनि बाढीले बगाएको हो ।