काठमाडौं उद्योग वाणिज्य संघले भन्यो, ‘उपभोक्तालाई छुट दिएर बिक्री वितरण गरौं’

काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई छुट तथा सहुलियत प्रदान गरेर सामान बिक्री वितरण गर्न भनेको छ ।

केही वर्ष देखी वस्तु र सेवाको मागमा आएको ह्रासलाई चाडपर्व माफर्त कम गर्न छुट दिएर धेरै बिक्री गर्न भनेको हो ।
विषम परिस्थितिमा रहेको उद्योग, व्यापार र व्यवसायहरु चाड पर्वमा माग वृद्धि भै व्यवसाय वृद्धि हुनेमा आशा व्यक्त गरेको हो ।
संघले आज एक सूचना जारी गर्दै भनेको छ,‘ हामी उत्पादक वितरक र व्यापारी मात्र नभई उपभोक्ता पनि हौं । त्यसैले चाडपर्वको यो समयमा उपभोक्ताहरूको हक हितलाई ध्यानमा राखी सुलभ र सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउदै संयमित भएर व्यापार व्यवसाय गर्न हार्दिक अनुरोध गर्दछौं ।’

साथै व्यवसायको प्रकृति अनुसार ग्राहकलाई अतिरिक्त सेवा छुट सुविधा दिई व्यापार बढाउन भनेको छ ।
व्यापारिक गतिविधिहरूमा जिम्मेवार पूर्वक पारदर्शिता र इमानदारी कायम गर्दै उपभोक्ताहरूको हितलाई ध्यानमा राखी राख्न समेत भनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स