आज राति यी स्थानमा पर्दैछ धेरै ठूलो पानी

काठमाडौं । आज राति केहि स्थानमा ठूलो पानी पर्ने भएको छ । मौसम विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स