काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले महान चाड वडा दशैं तथा तिहारको विशेष छुट योजना ‘चढौं बेनेली, बाँडौं खुसी योजना’ सार्वजनिक गरेको छ।
कम्पनीका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेका अनुसार, यस योजनामा ग्राहकहरूले बेनेली बाइकको खरिदमा १ लाखसम्मको छुट पाउन सक्नेछन्। यस अफर अन्तर्गत ग्राहकहरूले मनपरेको बाइक तथा स्कुटर खरिद गरी यसपालिको दशैंमा आफ्नो परिवारसँग खुसी बाँड्न सक्नेछन्।
यस अफरमा, बेनेली पानारिया बाइक २,५०,००० रूपैयाँमा उपलब्ध हुनेछ भने बेनेली १८० एस ३,३०,००० रूपैयाँमा किन्न सकिनेछ। थप रूपमा, ग्राहकहरूले बेनेली ब्रान्डको हेलमेट, जसको बजार मूल्य १२,००० रूपैयाँ छ, निःशुल्क पाउनेछन्।
साथै, पुरानो बाइक साटफेर गर्दा अतिरिक्त ३०,००० रूपैयाँको मूल्यांकन गरिनेछ र सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्नेछ।
केटीएम इन्टरनेसनल ट्रेडिङले बेनेली बाइकसँगै सुनरा इलेक्ट्रिक सवारी साधनहरू पनि बिक्री गर्दै आइरहेको छ। यो दशैंको अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ, जसले ग्राहकहरूलाई नयाँ सवारी साधनसँगै विशेष छुट र आकर्षक अफरको लाभ लिन सक्नेछन्।
बेनेलीको यो अफरले नेपाली बजारमा प्रिमियम बाइक चलाउने सपना सजिलै पूरा गराउन सहयोग पुर्याउनेछ ।