यस वर्ष करिब ५५ सय मेट्रिक टन हाराहारीमा मह उत्पादन हुने अनुमान

काठमाडौं । मौरी पालक कृषक संघका पूर्व अध्यक्ष अर्जुन कुमार पोखरेलले यस वर्ष करिब ५२ सय देखि ५५ सय मेट्रिक टन हाराहारीमा मह उत्पादन हुने अनुमान गरेको बताएका छन् ।

‘हामी आत्मनिर्भरको करिब करिब रेखा भित्र आईपुगीसकेका छौं’, उनले भने ‘तर बजार ब्यवस्थापन, बीमाको बलियो व्यवस्थापन नभएको कारण विभिन्न समस्याहरु झेल्नु परेको छ ।’

बाहिरबाट गुणस्तरहीन सस्तो आउँछ तर नेपालमा उत्पादित मह गुणस्तरीय भए पनि नेपाली बजारमा ग्राहकहरुले सस्तो खोज्ने भएकाले प्रतिस्पर्धा गर्न नसकोको उनी बताउँछन् ।

मह बढी उत्पादन हुनेमा तोरी पहिलो नम्बरमा रहेको छ । चीउरी दोस्रो र जंगली स्रोतहरु तेस्रो मा रहेको छ । पछिल्लो समय चीउरीलाई बढी महत्व दिएर त्यसको व्यवस्थापन गरेर हेर्न सकिन्छ ।
उनी भन्छन् ‘बाहिरबाट आउने महलाई रोक लगाउनुपर्ने र सरकारले मह उत्पादनमा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्दियो भने कृषक तथा मह व्यवसायीहरुलाई सहज हुने बताउँछन् ।

चालु आर्थिक वर्षको दुई महिना भित्रमा कच्चा प्राकृतिक मह भारतबाट ३० हजार रूपैयाँ बराबरको २५ किलो मह नेपाल आयात भएको छ ।

अन्य प्राकृतिक मह भारतबाट २ करोड ८४ लाख ३५ हजार रूपैयाँ बराबरको १ लाख २ हजार ६० किलो आयात भएको छ भने अन्य प्रकृतिक मह न्यूजल्याण्डबाट ७ हजार रूपैयाँ बराबरको आयात भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स