दशैंका लागि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभागको बसेको सरोकारवालाको बैठकले आगामी शनिबार असोज १२ गतेदेखि टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

बैठकले यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरु स्थापना गरिने र नेपाल प्रहरी, यातायातका कर्मचारीले काउन्टरमा अग्रिम बुकिङका लागि पुगेका यात्रुहरुलाई सहजीकरण गर्ने र उनीहरुको गुनासा सुन्ने छन् ।

यात्रुवाहक सवारी साधन घटस्थापनादेखि पूर्णिमासम्म सबै रुटमा चल्न पाउनेछन्।

कुनै बाटोको विशेष प्रकृतिका कारण चल्न निषेध गरिएका आकार–प्रकारका सवारीसाधनबाहेक अन्यका हकमा यसअघिको रूट पर्मिट लागू नहुने विभागको भनाइ छ।

चाडपर्व अवधिभर अनुगमनका लागि यातायात व्यवस्था विभागले सराकार भएका निकाय सम्मिलित अनुगमन टोली गठन गर्ने र यस कार्यमा प्रदेशको यातायात मन्त्रालय सहयोग लिने, चाडपर्व लक्षित सवारीसाधन व्यवस्थापन गर्ने सिलसिलामा सडकको अवस्था र प्राकृतिक प्रकोपजस्ता कारणले काबुबाहिरको परिस्थिति सिर्जना भई समयमा सवारी साधन पुग्न नसकेमा विकल्पका रूपमा सम्बन्धित यातायात कम्पनी (व्यवसायी) ले अर्को सवारी साधन उपल्बध गराउने र यस विषयलाई सहजीकरण गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, उपभोक्ता सम्बद्ध संस्था, ल्होत्से बहुउद्देश्यीय प्रालि सम्मिलित समिति गठन गर्ने तथा उक्त समितिमा रहने पदाधिकारीको नाम र सम्पर्क नम्बर नेपाल प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरमा उपलब्ध गराउन निर्णय भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स