अनलाइनको माध्यमबाट मनग्य आम्दानी गर्दै नितिशा

काठमाडौं । झापाको दमक नगरपालिका ८ चक्रपथ टोलमा बस्ने नितिशा शाहले आफ्नो अनलाइन व्यापार मार्फत कपडाको व्यवसाय गरिरहेकी छिन् । उनले यस व्यवसायबाट राम्रो आम्दानी गरिरहेकी छिन् ।

गत वर्ष पुषदेखि व्यवसाय सुरु गरेकी उनले छोटो समयमा नै सफलता हासिल गर्न सफल भइन् । अनलाइन, सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम लगायत विभिन्न डिजिटल प्ल्याटफर्म मार्फत आफ्नो कपडाको प्रचार गर्दै व्यवसाय गरिरहेकी उनले मनग्य आम्दानी गरिरहेकी छिन् ।

उनले भनिन्, ‘पछिल्लो समय कपडा व्यापारको अवस्था एकदमै राम्रो रहेको छ । अरु दिनमा सामान्य ७ ८ अडरहरु आएपनि दशैं नजिकिएसगैं दिनमा २० देखि २५ वटा सम्मको अडर आउने गरेका छन्। नेपालमा तिज र दशैंको कपडा व्यापारको माहोल उस्तै हुने रहेछ म भर्खर महसुश गर्दै छु’।

कुरियर मार्फत उनले देश तथा विदेशमा कपडा बिक्री गर्दै आइरहेकी छिन् ।

सिजन अनुसारको महिलाहरुले लगाउने फर्मल टिसर्ट, पेन्ट, जाडोको समयमा ज्याकेट स्विटर र तिज, दशैं तिहार, जस्ता चाडपर्वमा सारी, कुर्था सरवाल बिक्री गर्दै आएकी छिन् ।

अनलाइन ब्यापारबाट सम्पर्क बढ्ने, आफू उपस्थित हुन नसकेको खण्डमा अरुलाई काम गराउन पनि सकिने हुँदा यो व्यवसाय गर्न सजिलो रहेको छ । आफुलाई काम गर्न मन नलागेको अवस्थमा त्यत्तिकै बस्न पनि सकिने उनी बताउँछिन् ।

नेपालमा उत्पादित कपडाहरु महँगो भएको कारण कसैले किन्न त्यति नचाहने हुनाले र थोक व्यापारी भनिएका कपडा पसलहरुले पनि अन्य पसल जस्तै बढी मूल्यमा बिक्री गर्ने भएपछि उनी भारतको सूरत भन्ने ठाउँबाट जोगबनि हुँदै जोगबनिबाट नेपाल ल्याएर उनले बेच्ने गरेकी छिन् । उनले भारत बाट आउने कपडाहरुलाई प्राथमिकतामा राखेर बिक्री गरिरहेको बताइन् ।

कक्षा ११ मा अध्ययन गर्दै गर्दा साथीहरुसँग झुम्काको व्यापार गर्न सुरु गरेकी उनले त्यता सोचे जस्तो सफलता हासिल हुन नसकेपछि आफ्नो छुट्टै व्यवसाय सुरु गरेकी हुन् ।

सुरूमा आफूले सामान अर्डर गरेर मगाएको कपडा मन नपरेपछि उनले फेसबुक ग्रुपमा उपलब्ध भन्दै हालिन् । त्यहि ग्रुपमा बिक्री भएपछि घर नजिकैको होलसेल पसलमा गएर फोटो खिचेर ग्रुपमा उपलब्ध भन्दै हाल्ने गर्थिन् र त्यहिँ बाट व्यवसाय गर्न सुरु गरेको उनको भनाइ छ ।

सुरुवातमा परिवारलाई नै थाहा नदिई सुरु गरेको सो व्यवसाय पछि विस्तारै आफ्नो परिवारलाई बताएकी थिइन् । परिवारबाट राम्रो प्रतिक्रिया पाएपछि आफूलाई थप हौसाला मिल्यो र यस व्यवसायमा अझ सफल भएको उनको भनाइ छ । उनले आफ्नो अध्ययनसँगै व्यवसायलाई निरन्तरता दिइरहेकी छिन् ।

व्यवसाय सुरुवात गर्नेलाई सुझाव दिदैं भन्छिन्, ‘व्यवसाय सुरु गर्न धेरै थोक चाहिन्छ भन्छन् तर त्यस्तो केहि चाँहिदैन आफूमा गर्न सक्छु भन्ने आत्म विश्वास हुनु पर्दछ । ग्राहकहरुसँग डिल गर्न सक्ने क्षमता हुनु पर्दछ’ ।

उनीसँगै सुरुवात गरेकी साथीले हार मानेर व्यवसाय छोडिन् तर, मैले आफ्नो हिम्मत र विश्वासलाई निरन्तरता दिएर यहाँसम्म आईपुगेको उनी बताउँछिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स