रोयल इनफिल्ड वान राईड २०२४ सम्पन्न

काठमाडौं । पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड( २०२४ कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष आयोजना गरिने वान राइडमा यसपटक विश्वका ५० भन्दा बढी देशका ५०० भन्दा बढी सहरमा ३० हजारभन्दा बढी राइडरहरुले एकै साथ राइड गरेका छन् ।

वान राइड २०२४ कार्यक्रम गत आइतबार बिहान ८ बजे रोयल इनफिल्ड सोरुम नक्सालबाट शुरु भएर गोदावरी पुगेर समापन गरिएको थियो । उक्त राइड कार्यक्रममा सहभागीहरूलाई सडक सुरक्षाका बारेमा जनचेतना पनि दिइएको थियो ।

काठमाडौंलगायत १७ वटा मुख्य सहरहरू बिर्तामोड, धरान, इटहरी, राजविराज, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, टाडी, भक्तपुर, पोखरा, भैरहवा, बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढीबाट ४५० जनाभन्दा धेरै राइडरहरुले सहभागीता जनाएका थिए ।

देशको ग्रामीण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्दत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्देश्य अनुसार गोदावरीमा रहेको श्री पथ प्रदर्शक माविका सबै विद्यार्थीहरूलाई हुने गरी खेलकूद सामग्री र ५० हजार नगद सहयोग वितरण गरिएको थियो ।

खेलकूद सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, अल्फा अटोमोटिभका आधिकारीको समेत सहभागीता थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स