कच्चा पदार्थ खपतको मापदण्ड कार्यान्वयनमा, प्रयोग हुने वस्तुको गुणस्तर हेरिने

काठमाडौं । कच्चा पदार्थ खपत नम्र्स निर्धारण तथा पुनरावलोकन सम्बनधी मापदण्ड कार्यनवयनमा आएको छ । औद्योगिक तथा लगानी पवद्र्धन बोर्डबाट पारित भएर कार्यान्वयनमा आएको हो ।

उद्योग विभागको कार्य सञ्चालन दिग्दर्शन, २०७३ बमोजिम विभागबाट कच्चा पदार्थ खपत नर्म्स निर्धारण तथा पुनरावलोकन सम्वन्धी कार्य हुने गरेकोमा औद्योगिक तथा लगानी प्रवर्धन बोर्डको मिति २०८०÷१२÷३० मा बसेको २४१ औं बैठकको निर्णयवाट कच्चा पदार्थको खपत नर्म्स निर्धारण तथा पुनरावलोकन गरिएको हो ।

औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २९ खण्ड (ड) मा रहेको प्रचलित कानून वमोजिम स्थापना भएको उद्योगले स्वीकृत कच्चा पदार्थ खपतको क्षमता अनुसार कच्चा पदार्थ प्रयोग गर्दा खेर जाने कच्चा पदार्थ ( जर्ति ) को मापदण्ड उद्योग दर्ता गर्ने निकायले तोक्न सक्ने व्यवस्था अनुसार मापदण्ड तयार भएर कार्यान्वयनमा आएको हो ।

यो मापदण्ड उद्योगमा वस्तु उत्पादन गर्दा कच्चा पदार्थ खपत तथा खेर जाने मात्रा (जर्ति) कायम गर्ने प्रयोजनका लागि लागू हुनगरि कार्यक्षेत्र तय गरिएको छ ।
कच्चा पदार्थ खपतको नर्म्स निर्धारण तथा पुनरावलोकनका आधार हरु समेत यत गरिएका छन् ।

जसमासम्वन्धित उद्योगवाट उद्योग विभागमा पेश भएका कागजातहरूको विश्लेषण हुने भनिएको छ ।

त्यस्तै गरि आवश्यकता अनुसार उद्योग निरीक्षण प्रतिवेदन हेरिने, कच्चा पदार्थको गुणस्तर, उत्पादन प्रकृयामा प्रयोग हुने प्रविधि, उत्पादित वस्तुको गुण आदिको विश्लेषण हुने , आवश्यकता अनुसार सम्बन्धित सन्दर्भ सामाग्रीहरूको अध्ययन गरिने र अन्य सम्बन्धित निकायहरूवाट प्रकाशित सामाग्रीहरू समेत समावेश हुनपर्ने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स