इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको समाचार अपरिपक्व र अनुमानित : एनसेल

काठमाडौं । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको जनाएको छ।

एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुँदा, यस सम्बन्धमा गहन छलफल र मूल्यांकनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।

नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु एनसेलको लक्ष्य रहेको जनाएको छ ।

एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पु¥याउन निरन्तर कार्य गरिरहेको छ । आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा विश्वस्त रहेको जनाएको छ ।

एक जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिदै आएको बताएको छ । एनसेलले विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरु प्रदान गर्दै आएको जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स