आर्थिक मन्दीबाट व्यवसायीहरुलाई परेको समस्या सरकारले समाधान गर्ने !

काठमाडौं । ‘आर्थिक मन्दी’का कारण व्यवसायीहरुलाई परेको आर्थिक संकटको समाधान गर्न सरकारका तर्फबाट समाधान गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताएका छन् । उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभामा बोल्दै उनले सरकार र निजिक्षेत्र मिलेर जानुपर्ने बताए ।

सरकारको तर्फबाट संकट समाधानको आवश्यक प्रयास थाल्ने बताए । युवाहरुलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको बताउदैँ उनले वर्तमान चुनौतिहरुलाई सम्भावनामा बदल्न आग्रह गरे । युवाहरुले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद नभएको उनको भनाई छ ।

मन्त्री भण्डारीले संघीय सरकार, प्रदेश सरकार र स्थानियतह मिलेर मात्रै देशको विकास सम्भव भएकाले जनतामा देखिएको निराशाको अन्त्यगर्न तिनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताएका छन् । उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभामा बोल्दै उहाँले सरकार र निजिक्षेत्र मिलेर जानुपर्ने बताए ।

मन्त्री भण्डारीले नितिगत सुधारका लागि सरकारले निजि क्षेत्रको सुझाव लिएको बताए । उनले मन्त्रालय सुधार कार्ययोजना तयगर्ने बेला सबै क्षेत्रका व्याक्तिहरुसंग सुझाव लिएकोमा उक्त कार्ययोजना कार्यान्वयन गरिरहेको बताए ।

जनतामा ‘सरकार मेरो हो’ भन्ने भावना जागृत हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उनले भने, ‘सरकार एमालेको, कांगे्रको वा अन्य कुनै दलको हो भन्ने होइन्, सरकार मेरो हो, हाम्रो हो भन्ने भावनाको विकास हुनुपर्छ ।

सरकारबाट जनताले आशा राख्न छाड्नु हुदैँन् । बरु नितिगत कमजोरी छ भने त्यसमा बहस गरौँ नितिनियम सुधार गछौँ, कार्यक्रमहरु सच्याउछौँ र सरकारलाई बलियो र जनताले अपनत्व महशुस गर्ने बनाउछौँ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स