काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ५ सय रूपैयाँले बढेर १ लाख ५७ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ८० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १९ सय १५ रूपैयाँ कायम भएको छ ।