काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको नोक्सानी ९४.९६ प्रतिशतले बढेको छ । गत आवमा कम्पनीले ८ करोड ३० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी २६ लाख ९८ हजार रुपैयाँबाट बढेर १ करोड २७ लाख ७१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा ३२ लाख ४६ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले गत आवमा भने १ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै कम्पनीको वित्तीय खर्च ८० लाख ९४ हजार रुपैयाँबाट बढेर ३ करोड ३१ लाख ८९ हजार रुपैयाँ र ह्रासकट्टी खर्च पनि १ करोड ५ लाख रुपैयाँबाट बढेर २ करोड ८१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च र ह्रासकट्टी खर्च बढेकाले खुद नोक्सानी बढ्न गएको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २० लाख ७७ हजार रुपैयाँ छ । अघिल्लो आवमा भने यस्तो आम्दानी ५ लाख ४७ हजार रुपैयाँ मात्र थियो ।
चुक्तापुँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ११.६४ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ८८.४६ रुपैयाँ रहेको छ ।