काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेका छन् ।
प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले लाभांश घोषणा गरेका हुन् ।
योजना व्यवस्थापक प्रभु क्यापिटलको भदो ३१ गते बसेको सञ्चालक समितिको बैठकले यी दुई म्युचुअल फण्डको लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।
जसमा बैठकले प्रभु सेलेक्ट फण्डका लागि १० प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि ८.५० प्रतिशत लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ ।