घट्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

काठमाडौं । कुखुराको अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले भदौ २९ गतेबाट लागु हुनेगरि अण्डाको मूल्य घटाएको हो ।

जसअनुसार अब सबैभन्दा ठूलो (एक्सएल) अण्डाको मूल्य प्रतिक्रेट ४ सय ६० रुपैयाँ , ठूलो (लार्ज) अण्डाको प्रतिक्रेट ४ सय ३० रूपैयाँ र मध्यम साइजको अण्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ तोकिएको छ ।

यसअघि सबैभन्दा ठूलो (एक्सएल) अण्डाको मूल्य प्रतिक्रेट ५ सय २५ रूपैयाँ , ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० रूपैयाँ र मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४ सय ३५ रुपैयाँ रहेको थियो ।

यसअघि गत भदौ १३ गते संघले अण्डाको मूल्य घटाएको थियो । अण्डा उत्पादन बढेसँगै भाउ घटेको संघले जनाएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स