आज राति यी ठाउँमा पर्दैछ ठूलो पानी

काठमाडौं । आज राति केहि स्थानमा पानी पर्ने संभावना रहेको छ । मौसम विभागका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै कोशी प्रदेशको केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स