काठमाडौं । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै इजरायल जाने कामदारलाई स्वास्थ्य परीक्षण प्रमाणपत्र पेश गर्न आग्रह गरेको छ ।
इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा जाने कामदारलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारीत्रिक प्रमाणपत्र पेश गर्न विभागले आग्रह गरेको हो ।
इजरायल जान छनौट भएका उम्मेदवारहरूले तोकिएको स्वास्थ्य संस्थाहरूबाट स्वास्थ्य परीक्षण गर्न र चारित्रिक प्रमाणपत्रको लागि अनलाइनमार्फत् अनलाइन आवेदन दिन सक्नेछन् ।
विभागलाई स्वास्थ्य परीक्षणको प्रमाणपत्र सम्बन्धित अस्पतालबाटै उपलब्ध हुने र प्रहरी चारित्रिक प्रमाणपत्रको हकमा स्क्यान गरी प्रत्येक उम्मेदावर स्वयंमले विभागको अनलाइनमा मंसिर ५ गतेसम्ममा पेश गर्न अनुरोध गरेको छ ।
विभागका अनुसार कात्तिक २९ गतेबाट मंसिर ५ गतेसम्ममा ५ सय उम्मेदवारको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
उम्मेदवारले ललितपुरको स्टार हस्पिटल, मन्डिखाटारको ह्याम्स हस्पिटल, भैसेपाटीको नेपाल मेडिसिटी अस्पताल र स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेजबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न सक्नेछन् ।
इजरायल रोजगारीमा परीक्षा पास भई छनौट भएकोमा ३५० जना महिला र १५० जना पुरुष रहेका छन् ।