टरिगाउँ विमानस्थलबाट अब मंगलबार पनि उडान हुने

तुलसीपुर (दाङ) । यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मंगलबार पनि हवाई उडान हुने भएको छ ।

यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मंगलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।

उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मंगलबार दिउँसो २ बजे उडान भर्नेछ ।

दशैं तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएकोे प्रमुख सुनारले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स