हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

हाल कम्पनीको चुक्त पुँजी १ अर्ब २८ करोड ७० लाख रूपैयाँ रहेको छ ।

उक्त लाभांश वार्षिक साधारण सभाले पारित परेपश्चात सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स