दशैंको माहोल सुरु हुँदै, खाद्यान्नमा ७ गतेदेखि छुट र नयाँ नोट १३ गतेदेखि

काठमाडौं । यो वर्षको दशैं चाँडै छ । असोज १७ गतेदेखि दशैं सुरु नै हुन्छ । अब झरि उघ्रेसँगै मौमस पनि दशैं लागेझै भान हुन्छ ।
अझ यसमा सरकारले नै दशैंको माहोल बनाएको छ । सरकारले दशैंलाई लक्षित गरि खाद्यान्नहरुमा छुट प्रदान गर्दैछ । उक्त छुट असोज ७ गते देखि पाइने भएको हो ।

खाद्य व्यवस्था तथा व्यपार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानले छुट प्रदान गर्ने भएको हो । उक्त संस्थानले बिक्री वितरण गर्दै आएका वस्तुहरुमा छुट प्रदान हुने छ ।

साथै सरकारले असोज १३ गते देखि त नयाँ नोट नै वितरण गर्ने जनाएको छ । यो वर्ष नयाँ छपाईको नोट नै वितरण नगरे पनि सुकिला नोट भने वितरण गर्ने जनाएको छ ।

, १०, २०, ५० र १०० दरको एक सेट नोट साट्न सक्ने व्यवस्था राष्ट्र बैंकले गर्ने जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स