काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण स्थगित भएको छ।
नेपाल धितोपत्र बोर्डले भदौ २५ गते लाभांश स्थगन गर्न निर्देशन दिए बमोजिम हाल उक्त योजनाको प्रतिफल वितरण कार्य स्थगन गरिएको सानिमा क्यापिटलले जनाएको छ ।
फण्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। प्रतिफल वितरण प्रयोजनार्थ उक्त योजनाले आज भदौ २६ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो।