होण्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ योजना, १० लाख नगद जित्न सकिने

काठमाडौं । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सकिने छ ।

यसका साथै ‘Choose Your Scheme’ अन्र्तगत ग्राहकहरुले १० हजार रूपैयाँ सम्मको थप स्क्रयाच कार्ड पाउन सकिने छ वा १२ हजार ५ सय रूपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सकिने छ वा बाई वान गेट वान सर्भिसिङ, ७ वर्ष सम्म सित्तैमा पाउन सकिने छ ।

साथै होन्डाको बीग बाइक्सहरुमा १ लाख सम्म छुट पनि पाउन सकिने छ । योे योजना सिमित अवधिको लागि मात्र लागूहनुेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

यो Scheme Honda Easy Finance मा पनि लागु हुनेछ । थप जानकारीको लागि सम्पर्क नम्बरः नेपाल टेलिकम – १६६ ०० १ ४६६३२ एनसीएल ि– ९८०१५७११११

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स