नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्स्ड फण्ड-२ को लाभांश घोषणा

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेका छन् ।

कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको सञ्चालक समिति बैठकले नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्स्ड फण्ड-२ का इकाईधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले नबिल फ्लेक्सी क्याप फण्डतर्फ ५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड-२ तर्फ ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त प्रतिफलका लागि नबिल फ्लेक्सी क्याप फण्डले भदौ २६ गते र नबिल ब्यालेन्स्ड फण्ड-२ ले आगामी असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स