काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय ५५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १७ सय ६५ रूपैयाँ कायम भएको छ ।