कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे नियुक्त

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरेलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयका सचिव घिमिरेलाई कोषको अध्यक्षमा नियुक्त गरेको हो ।

कोषको सञ्चालक समितिको अध्यक्षको समेत काम गर्नेगरी सचिव घिमिरेलाई जिम्मेवारी दिइएको हो ।

यस्तै, कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)गोविन्द गुरुङलाई मनोनयन गरिएको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स