नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

बैठकले पहाडीलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो ।

यसअघिका टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए ।

त्यसपछि पहाडीले टेलिकमको नेतृत्व गर्दै आएकी थिइन् ।

पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स