यसवर्षको दशैंमा नयाँ नोट सटही गर्न नपाइने, सुकिला नोटले काम चलाउनु पर्ने

काठमाडों । यसवर्षको दशैंमा नयाँ नोट सटही गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले यसवर्षको दशैंमा नयाँ नोटको सट्टा सुकिला नोटको वितरण गर्ने जनाएको हो ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताए।

साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दशैंमा सुकिला नोटको सटही गर्ने पोखरेलले बताए । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिए ।

उक्त योजना यस पटकको दशैंबाट लागू गरिने डा. पोखरेलले बताए ।

विगतका वर्षहरूको जस्तै साना दरको नोट सटही व्यवस्था भने हुने उनले बताए । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्न पाउने व्यवस्था हुने उनले बताए ।

नेपाल राष्ट्र बैंकले विगतदेखिनै हरेक दशैंमा नयाँ नोट सटही गर्ने व्यवस्था गर्दै आएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स