एचआइडीसीएलले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट, कट अफ प्राइस कति ?

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ ।

कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म अवितरित सेयर बिक्रीमा राखेको थियो । कम्पनीको संस्थापक सेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापक अन्तर्गतको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।

उक्त लिलामीको बोलपत्र भदौ १२ गते खोलिएको थियो । जसमा न्यूनतम १३५ रुपैयाँका दरले (कट आफ प्राइस) बोलपत्र पेश गरेकाहरुलाई माग बमोजिम बाँडफाँट गरिएको छ ।

योसँगै, अब सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदकहरूले माग बमोजिमको सेयर पाउने छन् । उक्त सेयर नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्नेछ ।

त्यस्तै, आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा आज (भदौ १७ गते( देखि फिर्ता गर्न शुरु गरेको बिक्री प्रबन्धक प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक खातामै रकम फिर्ता पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स