काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ५२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १७ सय ७५ रूपैयाँ कायम भएको छ ।