एभरट्रष्ट सहकारीका उपाध्यक्ष सहित पाँच पदाधिकारी पक्राउ, करिब १६ करोड हिनामिना गरेको आरोप

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सहित पाँच पदाधिकारीहरुलाई पक्राउ गरेको छ । सीआईबीले सहकारी संस्थाका सञ्चालक र कर्मचारीको मिलेमतोमा बचतकर्ताको निक्षेप अपचलन तथा हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

सहकारीको उपाध्यक्ष सहितका पदाधिकारीमाथि बचतकर्ताको बचत अपचलन तथा हिनामिना गरेको, बचतकर्ताको निक्षेप गैरकानुनी रुपमा लगानी गरेको, बचतकर्तालाई झुटा आश्वासन दिएर उनीहरुको निक्षेपमा मनोमानी गरेको, निक्षेपकर्ता तथा सदस्यहरुलाई सहकारी संस्थाको वास्तविक अवस्था लुकाएको जस्तो आरोप लागेको छ ।

पक्राउ पर्नेमा उपाध्यक्ष बविता डंगोल, सचिव कान्छाभाई डंगोल , कोषाध्यक्ष विष्णु प्रसाद फुयाँल, सदस्यद्वय रामलाल महर्जन र अमरभाई बज्राचार्य रहेका छन् ।

उनीहरुले सहकारीको १५ करोड ९१ लाख ४ हजार ७३६ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोप छ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को ठगी सम्बन्धी कसुरमा सम्मानित काठमाडौ जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भैरहेको सीआईबीले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स