सानिमा क्यापिटलको तीन म्युचुअल फन्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन म्युचुअल फन्डले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ को लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

जसमा सानिमा इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स