कुम्भमेला भन्दा कम छैन नाडा आटो शो, यी ब्राण्डमा झुम्मिए अवलोकनकर्ता

काठमाडौं । नाडा अटो शो २०२४ मा अवलोकर्ताहरुको उत्साहपूर्वक सहभागिता रहेको छ । अर्थतन्त्र संकुचन भैरहेको अवस्थामा नाडा अटो शोले केहि उत्साह थप गरेको देखिन्छ । आटो शोमा दर्शकहरुको मनग्य भिडभाड छ ।

भृकटी मण्डपमा जारी नाडा अटो शोमा धेरै ब्राण्डका धेरै मोडलहरु राखिएको छ । दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे अटो मोडलहरुमा धेरै चासो रहेको छ ।

बढि आकर्षण इलेक्ट्रिक गाडीहरुमा रहेको छ । त्यसको अलवा अन्य पेट्रोलियम गाडीहरुमा समेत अकर्षण कम भने छैन ।
त्यस्तै गरि दुईपाङ्ग्रेमा समेत उल्लेखनिय भिडभाड देख्न सकिन्छ ।

नाडालाई नै टार्गेट गरेर केहि अटोमोवाइन्स वितरक कम्पनीहरुले नयाँ मोडल समेत ल्याएका छन् । नयाँ मोडलहरुमा धेरैले रुचि राखेको देखिन्छ ।

नाडा अटो शोमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू समावेश रहेको छ । अन्य ३३ कम्पनीको पनि सहभागीता रहेको छ । जसमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू , बैंक, इन्सुरेन्स कम्पनीहरु रहेका छन् । ९५ प्रदर्शकहरू सहभागी छन् । जसमा १३० वटा स्टलहरू र खडा गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स