हरिबोधिनी एकादशीको अवसरमा भोलि सार्वजनिक बिदा

भक्तपुर । चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ । यो एकादशीको दिनमा चार नारायणमा भव्य मेला लाग्ने र त्यसमध्ये जेठो नारायणको रुपमा मानिँदै आएकोे चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरपालिकाले यस दिनलाई स्थानीय पर्वको रुपमा घोषणा गर्दैै विगत तीनवर्षदेखि सार्वजनिक बिदा दिने गरी क्यालेण्डर बनाएकाले भोलि बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स