काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी नाडा अटो शो २०२४ मा हुन्डाइले आफ्नो नयाँ पहिचान कायम गरेको छ । हुण्डाइले पहिलो पटक नेपालमा नै बनेको हुन्डाई भेन्यूलाई प्रदर्शनीमा राखेको छ । जुन नाडा अटो शोमा पहिलो आकर्षणको रुपमा देखिएको छ ।
यो सहित हुन्डाईले थप दुई ओटा गााडी लाई प्रर्दशनीमा राखेको छ । लक्ष्मी मेटर र्कपोरेसनले पहिलो पटक नेपालमा नै बनेको हुन्डाई भेन्यू मोडलको कार उत्पादन गरेपछि यो नाडा अटो शोमा पहिलो पटक राखिएको हो ।
नेपालमा नै बनेको भएपनि यसको बनावट, गुणस्तर, र यसमा अन्य विशेषता सहित यसको पर्फमेन्स हरुपनि राम्रो रहेको छ । हुन्डाईले ईभीमा २ ओटा गाडीहरु लन्च गरेको छ । २०२४ पहिलेको क्रेटामा अहिले नयाँ अपडेट भएर आएको छ । यसलाई हेर्दा डिजाइनमा फरक देखिन्छ । भने यस भित्र ग्रिल, हेडल्याम, बम्परको डिजाइनमा, रियरमा पनि चेन्ज भएर आएको कम्पनिले जनाएको छ ।
नयाँ मोडलको क्रेटामा १.५ लिटर एमपीआई पेटोल तथा १.५ लिटर डिजेल इन्जिन जडान गरिएको छ । यो कार टर्बो पेटोल इन्जिनमा पनि उपलब्ध छ ।
यसमा सुरक्षाका लागि ६ एयरब्याग इलेक्टोनिक स्टेबिलिटि कन्टोल, ३६० डिग्री क्यामेरा रहेका छन् । यसमा कलर एम्बियन्ट, लाईटिड, साउन्ड सिस्टम, ब्लुतुथ्थ कनेक्टेड टेक्नोलोजी समेत रहेको छ ।