‘टोयोटा विजय उत्सव’ सुरू, एक्सचेन्जदेखि बीमासम्मको सुविधा

काठमाडौं । नेपालको लागि टोयोटाको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा विजय उत्सव’ आयोजना गरेको छ ।

उक्त उत्सव आज भदौ १३ बाट सुरू भएर भदौ १८ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्कीम सार्वजनिक गर्न लागेको हो ।

विजय उत्सवमा ग्राहकले कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको विशेष व्यवस्था गर्नुको साथै तत्काल पुरानो गाडीको भ्यालुएसन, फ्रि रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको पूर्ण बीमा, गिफ्ट ह्याम्पर, नगद छुटका विशेष छुट पाउने छन् ।

कार्यक्रममा विभिन्न बैंकहरुको सहकार्यमा सहजै फाइनान्स सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टोयोटाको गाडी खरिद गर्न चाहने ग्राहकलाई विभिन्न एक्सचेंजरसँगको सहकार्यमा उत्कृष्ट भ्यालुएसन प्रदान गरिने कम्पनीको भनाइ छ ।

यस कार्यक्रममा टोयोटाका गाडी चडिरहेका ग्राहकहरुले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्ड समेत जित्न सक्नेछन् । विजय उत्सवको अर्को आकर्षणको रुपमा डेली लक्की ड्र समेत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स