विराटनगर। विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न थालेको छ। नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको बिस्कुटको उत्पादन सुर गरेको हो।
केही समययता पश्चिम नेपालमा घरेलु र लघु उद्योगका स्तरमा स्थानीय उत्पादनका रूपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ। तर, एसियनले एकैचोटि देशभरिनै बजारीकरण र निर्यात समेत गर्ने उद्देश्यले अटोमेटिक मेसिनबाट ठूलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन हुन थालेको जनाएको छ।
उद्योगले नेपालका कच्चा पदार्थको प्रवर्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको बताएको छ। उद्योगका संचालक आशिष जाजूले यस बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रको उत्पादन कोदो भएको बताए।
बिस्कुटलाई सगुन्धित बनाउन पूर्वी नेपाल इलामको अर्को उत्पादन अलचीको धुलो पनि मिसाइएको छ। साथै फाइबर युक्त बनाउन ओट्स मिसाइएको छ भने सगुन्ध र स्वादमा वृद्वि गर्न दालचिनीको धलो पनि हालिएको छ। कोदो र दालचिनी मधुमेहको नियन्त्रणका लागि लाभकारी मानिन्छन्।
संचालक जाजूले कोदोको बिस्कुट मधुमेहका बिरामीले सन्तलिुत रूपमा प्रयोग गर्न सक्ने, यसले इम्यनिुटी वृद्वि गर्ने र पाचन प्रणालीमा पनि सुधार गर्ने दाबी गरे। उद्योगले ५० ग्रामको बिस्कुटको खद्रुा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ।
जाजूले यसलाई भारत निर्यातका लागि काम सरुु भइसकेको बताए।
‘नेपालमा बिक्री गरिने बिस्कुटमा कोदो लेखिएको छ तर भारतमा कोदो लेखेर त्यहाँका अधिकांशले बुझदैनन्’ उनले भने, ‘त्यसलै त्यहाँ मिलेट र रागी लेखिएको छुट्टैपाकेट बनाएर निर्यात गरिनेछ।’
उनले भारतीय बजारमा कोदोको बिस्कुटको नमुना पठाइसकिएको र त्यहाँबाट छिटो पठाइदिन अर्डर आएको जानकारी दिए। निर्यातका लागि कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्ने कार्य भइरहेको बताइएको छ।
जाजूको भनाइ थियो, ‘हामी यसलाई अन्तर्राष्ट्रिय बजारमा कस्तो प्याकेजिङमा निर्यात गर्ने भन्ने गृहकार्य गरिरहेका छौं। भारतमा दशैंतिहार अगाडिनै निर्यात गरिसक्ने योजना छ।’
उनले एसियनले विभिन्न ३० प्रकारका बिस्कुटको उत्पादन र निर्यात गर्दै आएको जानकारी दिए। जसमा स्विट बिस्कुट, स्विट एन्ड साल्टी, साल्टेड, सुगर फ्री, पोटेटो बिस्कुट, कुकिज, डाइजेस्टिभ लगायतका बिस्कुट छन् ।
एसियनले मुखयता भारत र त्यसपछि अमेरिका, अस्ट्रेलिया र खाडी राष्ट्रमा बिस्कुटको निर्यात गरिरहेको उनको भनाइ छ।