नाडा अटो शोमा प्रर्दशनीमा राखिएका विभिन्न मोडलहरुका बाइकहरु (फोटो फिचर)

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा गाडीहरूको प्रर्दशनी मेला नाडा अटो शो २०२४’ हिजोबाट सुरु भएको छ । यस वर्षको ‘नाडा अटो शो २०२४’ हिजो भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ। यस मेलामा २४ चार पाग्रे ब्रान्डहरु १९ दुई पाग्रे ब्रान्डहरु रहेका छन भने १२ सामान्य व्यवसायीक सवारी साधनका ब्रान्डहरु प्रदर्शनमा राखिएका छन् ।

टायर, ब्याटी, ग्यारेज, उपकरण र अन्य अटो कम्पोनेन्टहरु का विशेषज्ञहरुको ३३ कम्पनीहरु रहेका छन् । त्यस्तै यस नाडा अटो शो मा ९५ प्रदर्शकहरु सहभागी भएका थिए । १३० ले आफ्ना उत्पादन तथा सेवाहरु प्रदर्शन गर्न राखेका छन् ।

बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लि.ले नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ ।

नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ ।

त्यस्तै, नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्‍याम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ ।

यामाहाले नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको साथै एमटी–१५ भर्सन २ अनावरणका का साथसाथै एरोक्स, यामाहा एफ जेड एस डिलक्सका मोडेलहरु सार्वजनिक गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स